विराटनगर, ३२ असार । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले विराटनगरस्थित कोइराला निवास कांग्रेसका लागि गुटको केन्द्र नभई साझा ‘पवित्र भूमि’ भएको बताएका छन् ।
मंगलबार विराटनगर आएका नेता खाँणले बुधबार बिहान कोइराला निवास पुगेर पत्रकारहरूसँग कुराकानी गर्दै उनले उनले नेपालको राजनीतिमा कोइराला परिवारले पुर्याएको योगदान अतुलनीय रहेको भन्दै प्रशंसा गरे । उनले कोइराला निवासको भ्रमणलाई राजनीतिक गुटसँग जोडेर नहेर्न आग्रह गरे । उनले बीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालगायत नेताहरूको भावनात्मक सम्बन्ध आम नागरिकसँग रहेको र उनीहरू प्रातःस्मरणीय महामानव भएको बताए ।
उनले भने, “कोइराला निवास हाम्रो लागि एउटा हिसाबले पवित्र भूमि हो, कुनै धार्मिक स्थल गएको जस्तै हो । यो कुनै गुटको हिसाबले हेर्ने ठाउँ होइन ।”
पार्टी सभापति शेरबहादुर देउवालाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिँदै उनले सभापति सफल भए मात्र पार्टी सफल हुने धारणा राखे । पार्टीको अनुशासन समितिले गरेको कारबाहीबारे सोधिएको प्रश्नमा उनले त्यसलाई ठिक वा बेठीक नभन्ने बताउँदै उक्त निर्णय प्रक्रियागत भएको र त्यसमाथि केन्द्रीय समितिले समीक्षा गरेर आवश्यक निर्णय लिने बताए ।










प्रतिक्रिया दिनुहोस्