काठमाडौँ, ३२ असार । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकतन्त्र आइसकेपछि देशमा धेरै विकास भएको दाबी गरेका छन् ।
आज महानगर यातायात प्रा.लि.को विद्युतीय बस सेवा सञ्चालन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल अब विद्युतीय बस चढ्ने युगमा आइसकेको बताए ।
सडकहरु गाउँगाउँमा पुगेको र बिजुली बत्ती पनि गाउँगाउँमा पुगेको अवस्था रहेको उनले बताए । नेपालले पेट्रोल डिजेलमा अर्बौं रुपैयाँ खर्च गरिसकेको भन्दै विद्युतबाट चल्ने बसहरु सञ्चालन गर्नेकुरा राम्रो भएको बताए ।
वरिष्ठ कलाकार श्रेष्ठले जोमसोममा मोटर जाला भन्ने आफूले कल्पनै नगरेको भएपनि पछिल्लो समय मोटरबाटै जोमसोम पुगेर आएको बताए ।










प्रतिक्रिया दिनुहोस्