काठमाडौँ, ३२ असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले एकै प्रकरणमा मुछिएका दुई मन्त्रीहरूमध्ये एकलाई मात्र राजीनामा गराएर अर्कोलाई संरक्षण गरेको बताएका छन् ।
आज सिंहदरबारमा आजपाको संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष साहले पूर्व सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई राजीनामा गराइएपनि सोही घटनामा मुछिएका सहकारी मन्त्री बलराम अधिकारीलाई प्रधानमन्त्रीले जोगाइरहेको दाबी गरे ।
उनले भने, ‘प्रधानमन्त्रीले एउटै घटनामा संलग्न एक मन्त्रीलाई राजीनामा गराउनुभयो, तर अर्को मन्त्रीलाई संरक्षण दिइरहनुभएको छ,’ ‘यसरी कारबाहीमा विभेद गर्नु न्यायसंगत छैन ।’










प्रतिक्रिया दिनुहोस्