समाचार

झापामा ५ सय ३४ फरार प्रतिवादी पक्राउ



काठमाडौँ, १ साउन । आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी इकाइहरूले विभिन्न अदालतबाट फैसला भई फरार रहेका ५३४ जना प्रतिवादीलाई पक्राउ गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेकामध्ये ४६३ जना पुरुष, ७० जना महिला र १ जना यौनिक अल्पसंख्यक रहेका छन् ।

सबै प्रतिवादीलाई जिल्ला अदालत झापामा उपस्थित गराइएको थियो । अदालतको आदेशअनुसार कैद सजाय सुनाइएका व्यक्तिहरूलाई कारागार पठाइएको छ भने जरिवाना मात्र बाँकी रहेका प्रतिवादीबाट जरिवाना असुल गरेर छाडिएको हो ।

पक्राउ परेकाहरूबाट जम्मा २४८ वर्ष १० महिना १४ दिन कैद र रु ७ करोड २७ लाख २४ हजार ८२१ बराबरको जरिवाना असुल गरिएको छ ।