समाचार

भिरबाट लडेर एक युवकको मृत्यु



रुकुम पश्चिम, २ साउन । बाँफिकोट गाउँपालिका–१ मा भिरबाट लडेर एकजनाको ज्यान गएको छ ।

गाउँकै मुरापाखा डाडाँबाट लडेर ३० वर्षीय अजय मल्लको ज्यान गएको प्रहरीले बताएको छ । सिस्ने गाउँपालिका तर्फबाट फर्किने क्रममा भिरबाट लडेर मल्ल झन्डै एक सय मिटर तल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गएराति करिब ८ बजेतिर उनी लडेको भन्ने खबर आएपछि तत्काल उनलाई उद्धार गरी जिल्ला अस्पताल ल्याइएको थियो । त्यसपछि अस्पतालले मृत घोषणा गरेको पाठकको भनाइ छ ।