काठमाडौँ, ३ साउन । पूर्वी भारतमा मनसुनी आँधीका क्रममा चट्याङ्ग पर्दा कम्तीमा ३३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
बिहारमा बुधवार र बिहीबार आएको भीषण आँधीका क्रममा यस्तो घटना घटेको भारतको विपद् व्यवस्थापन विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ । विभागका अनुसार खुला ठाउँमा काम गरिरहेका प्रायः किसान र मजदुरहरू चट्याङका कारण प्रभावित भएका छन् ।
पटनाका केही भागहरूमा अझै भारी वर्षा र चट्याङको पूर्वानुमान गरिएको छ ।
बिहार राज्यका विपद् व्यवस्थापन मन्त्री विजय कुमार मण्डललाई उद्धृत गर्दै एएफपीले सम्बन्धित जिल्ला अधिकारीलाई चट्याङको चेतावनीपछि सावधानी अपनाउन सूचना जारी गर्न निर्देशन दिइएको जनाएको छ ।
पटना सरकारले चट्याङ्गबाट ज्यान गुमाउनेहरूका परिवारलाई ४० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।










प्रतिक्रिया दिनुहोस्