काठमाडौँ, ३ साउन । पाल्पामा महिलाको बलात्कार आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गएराति रामपुर नगरपालिका–७ का ५२ वर्षीय खुमबहादुर क्षेत्रीलाई पक्राउ गरेको हो । २३ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ ।
खुमबहादुरले ती महिलाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्