काठमाडौँ, ३ साउन । रुपन्देहीमा सशस्त्र प्रहरीले एक वर्षमा १३ करोड रुपैयाँभन्दा बढीको सामग्री बरामद गरेको छ ।
आर्थिक वर्ष २०८१/२०८२ मा उक्त अवैध सामान बरामद गरिएको हो । रुपन्देहीमा बेहलिया भन्सारसहित नेपाल–भारत विभिन्न साना नाका पनि छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणका सूचना अधिकारी एवं डीएसपी मोहन न्यौपानेका अनुसार ०८१ साउनदेखि ०८२ असार मसान्तसम्ममा १३ करोड १० लाख ३९ हजार ९८९ रुपैयाँबराबरको सामान बरामद गरिएको हो ।
राजस्व छली भारतबाट नेपालमा ल्याइएका सामान बरामद गरी भन्सार, राजस्व अनुसन्धान, स्थानीय तह र पशु प्लान्ट क्वारेन्टाइन कार्यालयहरूमा बुझाइएको छ । एक वर्षको अवधिमा सबैभन्दा धेरै कपडा बरामद गरिएको छ । बरामद सामानमध्ये दोस्रो नम्बरमा चिनी रहेको सशस्त्रले जनाएको छ ।
दुई करोड ७३ लाख ७७ हजार १७४ रुपैयाँबराबरको कपडा बरामद गरिएको छ । ९५ लाख ५२ हजार ८९ रुपैयाँबराबरको चिनी बरामद गरिएको छ ।
खाद्यान्न (दाल, चामल, चना), मोबाइल फोन, ब्रोइलर कुखुरा, हार्डवेयरलगायत विभिन्न सामान बरामद गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्