काठमाडौँ, ३ साउन । जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार काठमाडौँ-१३ ताहाचल बस्ने बिम्मा छिरिङ दोर्जे लामाको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा बिम्मासमेत ५ जनालाई शुक्रबार बिहान पक्राउ गरेको हो ।
प्रहरी वृत्त कालिमाटीले उनीहरूको साथबाट नगद १ लाख ३५ हजार ३ सय रूपैयाँ र २४ बुक तास बरामद गरेको छ ।
यसैगरी काठमाडौँ -३१ भूपिशेरचन मार्ग बस्ने साबित्री श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसमेत पाँच जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरले नगद ८५ हजार ६ सय २० रूपैयाँ र ६ बुक तास फेला पारेको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्