काठमाडौँ, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशका विभिन्न स्थानमा भारी वर्षा हुने मौसम विभागले जनाएकाले अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन आम नागरिकलाई अपिल गर्नुभएको छ ।
वर्षाका कारण उत्पन्न हुन सक्ने परिस्थितीलाई ध्यानमा राखी तयारी अवस्थामा रहन सम्बन्धीत निकायलाई निर्देशन समेत दिनुभयो । मौसम विभागले जारी गरेको सूचनालाई पालना गर्न आग्रह गर्दै उहाँले सुरक्षाकर्मीहरुलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिनुभयो ।
उहाँले आज आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ । मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौं । अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु । सुरक्षाकर्मीहरुलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु ।’










प्रतिक्रिया दिनुहोस्