समाचार

पर्वतमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता



पर्वत, ४ साउन । मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार गएराति आएको पहिरोले एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीय विष्णुमती बेपत्ता भएका हुन् । 

उनकी बुहारी ३२ वर्षीय पवित्रा भने पहिरो खस्नासाथ  हम्फालेर बच्न सफल भएको प्रहरीले जनाएको छ ।

गएरातिदेखि पर्वतलगायत आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ । यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ ।