काठमाडौँ, ६ साउन । नेपाल–चीन जोड्ने रसुवागढीको मितेरी पुल बाढीले बगाएपछि यतिबेला रसुवागढी नाकाबाट हुने आपूर्ति ठप्प छ ।
नेपालस्थित चिनियाँ राजदूतावासले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अस्थायी पुल निर्माण भइरहेको जानकारी गराएको गराएको छ । दसैँअघि नै यातायात सुचारु गर्ने लक्ष्यसहित अस्थायी बेलिब्रिज निर्माण थालेको चिनियाँ राजदूतावासले जनाएको छ । जसले बेलिब्रिज बन्नेमा आशा जगाएको छ । दसैँअघि यातायात सञ्चालनमा आउने गरी काम भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
तर व्यवसायी भने भौगोलिक जटिलता र मनसुनका कारण तोकिएको समयमा पुल बनेर सामान आयात गर्न सकिनेमा आशंका व्यक्त गर्छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले दसैँ अघि सञ्चालन आउने सम्भावना न्यून रहेको बताए ।










प्रतिक्रिया दिनुहोस्