काठमाडौँ, ६ साउन । बाढी र पहिरोका कारण देशका विभिन्न तीन स्थानमा सडक अवरुद्ध भएको छ ।
रानी विराटनगर–इटहरी–धरान–धनकुटा–हिले तथा लेघुवाघाट तुम्लिंटार–खाँदवारी–नुम–किमाथांका (कोसी राजमार्ग) अवरुद्ध भएको सडक विभागले जनाएको छ ।
केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम, गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोला (मेची राजमार्ग) अवरुद्ध भएको छ ।
कोइलावास–लमही तथा अर्जुनखोला–घोराही–होलेरी–घर्तिगाँऊ–थवाङ लुकुम (सहिद मार्ग)मा सवारी आवागमन अवरुद्ध भएको छ ।
हाल देशभर ९८ स्थानमा सडक एकतर्फी मात्रै सञ्चालनमा छन् । १०४ वटा सडक दुईतर्फी नै सञ्चालनमा रहेको विभागले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्