राजनीति

भारतसँग जोडिएका नाका बन्द



दार्चुला, ६ साउन । भारतको उत्तराखण्ड राज्यमा हुने पञ्चायत निर्वाचनलाई मध्यनजर गरी दार्चुलासँग जोडिएका नाका ७२ घण्टाका लागि बन्द गरिएका छन् ।

आज बिहानैबाट साउन ८ गते निर्वाचन प्रक्रिया सम्पन्न नभएसम्म भारतसँग सीमा जोडिएका सबै नाकाहरू बन्द भएको जिल्ला प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भारतको उत्तराखण्ड प्रदेशमा आगामी साउन ८ र १२ गते दुई चरणमा पञ्चायत, क्षेत्र पञ्चायत र जिल्ला पञ्चायतको निर्वाचन हुँदै छ ।

भारतको उत्तराखण्डमा जुलाई २४ मा ग्राम पञ्चायत, क्षेत्र पञ्चायत र जिल्ला पञ्चायतको लागी मतदान हुने छ । भारतसँग दार्चुलाका लाली, बाकु, जौलजिवि, दत्तु, खलंगा पुलघाट, बडूगाउँ, तिग्रम, मल्घट्टे, मालघाट र सितापुल नाका जोडिएका छन् ।