भक्तपुर, ८ साउन । भक्तपुरमा दुई दिदीबहिनी मृत फेला परेका छन् ।
दुई जना किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
मध्यपुर थिमि नगरपालिका-८ बोडे सिन्टिटारस्थित डेरामा बस्दै आएकी १७ वर्षीया मेनुका र उनकी बहिनी १५ वर्षीया श्रृजना कँडेल एउटै डोरीमा झुण्डिएर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरू बिहान पौने ७ बजे कोठाकै प्यासेजमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप केही खुलेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्