काठमाडौँ, ९ साउन । सन् २०२५ को सुरुवातदेखि जुलाई २४ सम्म देशभर २ हजार २४९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार पछिल्लो एक हप्तामा मात्रै १३२ जना नयाँ संक्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा ६ जनामा संक्रमण देखिएको छ ।
प्रदेशगत रूपमा हेर्दा गण्डकीमा सबैभन्दा बढी ६ सय २९ जना संक्रमित भएका छन् । पछिल्लो एक हप्तामा गण्डकीमा ४८ नयाँ बिरामी थपिएका छन् । त्यसपछि बागमती प्रदेशमा ४ सय ८९ जना र लुम्बिनी प्रदेशमा ३ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ ।
देशका ७३ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । डेंगुको संक्रमण गण्डकी र बागमती प्रदेश सबैभन्दा बढी प्रभावित भएको पाइएको छ ।










प्रतिक्रिया दिनुहोस्