काठमाडौँ, १२ साउन । संघीय संसदअन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिको बैठक आज सोमबार बस्दैछन् ।
संघीय संसद् सचिवालयका अनुसार दिनको १ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । बैठकमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (आ.व. २०८२/८३–२०८६/८७) को मस्यौदाका सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गरिने कार्यसूची छ।
बिहान १० बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ । बैठकमा “भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२” मा परेका संशोधनहरूमाथि संशोधनकर्तासँग छलफल गरिनेछ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा “मिडिया काउन्सिल विधेयक, २०८०” का विषयमा सरोकारवालासँग अन्तक्र्रिया गरिने कार्यक्रम तय गरिएको छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बिहान ११ बजे बस्ने ४७औँ बैठकमा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा नेपाल सरकारका सबै सचिवहरूसँग छलफल गरिनेछ।
बिहान ११:३० बजे बस्ने विधायन व्यवस्थापन समितिको ९९औँ बैठकमा “जलस्रोत विधेयक, २०८१” माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ।










प्रतिक्रिया दिनुहोस्