एजेन्सी, १२ साउन । टर्कीले आफ्नो सबैभन्दा शक्तिशाली गैर-आणविक बम गाजाप (GAZAP) र एनईबी-२ घोष्टको सफलतापूर्वक परीक्षण गरेको छ।
जुलाई २६-२७ मा इस्तानबुलमा आयोजित १७ औं अन्तर्राष्ट्रिय रक्षा उद्योग मेला (आईडीईएफ) २०२५ मेलाको क्रममा टर्कीले यस बमको परीक्षणको भिडियो जारी गरेको हो।
दुबै बमहरूको तौल ९७० किलोग्राम छ। यसलाई टर्कीको रक्षा मन्त्रालयको अनुसन्धान तथा विकास (आरएण्डडी) केन्द्रले डिजाइन गरेको हो। गाजाप थर्मोबेरिक वारहेडले सुसज्जित छ। यी बमहरू एफ-१६ लडाकु विमानबाट खसाल्न सकिन्छ।
फुटेजमा यो बमले सयौँ वर्ग मिटर क्षेत्रफललाई असर गर्न सक्छ भन्ने देखिन्छ। यसमा १० हजार विशेष कणहरू छन्, जुन विस्फोट पछि प्रति वर्ग मिटर १०.६ कणको दरले फैलिएको थियो। टर्कीको रक्षा मन्त्रालयले दुबै बमको सबै परीक्षण पूरा भएको र अब यो प्रयोगको लागि तयार भएको बताएको छ।










प्रतिक्रिया दिनुहोस्