राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै



काठमाडौँ, १४ साउन । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको  पदाधिकारी बैठक बोलाएका छन् ।  बुधबार दिउँसो ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

गजुरेलका अनुसार स्थायी समिति बैठकको तयारीका लागि बोलाइएको हो । स्थायी समिति बैठक शुक्रबार बोलाइएको छ ।