काठमाडौँ, १५ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।
नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनका लागि आज बेलुकी ५ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेश सभा सदस्यहरूलाई पक्षमा मत हाल्न ह्विप जारी गरेका छन् । आफ्नो पार्टीका मन्त्रीलाई मुख्यमन्त्रीले बर्खास्त गरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले गत २० असारमा समर्थन फिर्ता लिएको थियो ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।










प्रतिक्रिया दिनुहोस्