काठमाडौँ, १६ साउन । गुन्डानाइके चक्रे गुरुङ (चक्रे मिलन) पक्राउ परेका छन् । उनीसहित ४७ जना पक्राउ परेका प्रहरीले जनाएको छ ।
विभिन्न आपराधिक गतिविधिमा सक्रिय गुरुङसहित ४७ जनालाई काठमाडौ प्रहरी परिसरको टोलीले नियन्त्रणमा लिएको हो ।
आपराधिक गतिविधि बढाउने तथा नागरिक र व्यवसायीलाई तर्साउने खालका गतिविधिमा सक्रिय देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको परिसरले जनाएको छ ।
अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरीको टोलीले राति संयुक्त अपरेसन चलाएका थिए । यसअघि प्रहरीले बुधबार राति युवराज गुरुङ भनिने गुन्डानाइके ‘सानुभाइ’लाई पनि पक्राउ गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्