मकवानपुर, १६ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई मार्ग प्रशस्त गर्न नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले निर्देशन गरेका छन् ।
सभापति देउवाले बिहीबार मुख्यमन्त्री लामालाई काठमाडौँ बोलाएर मार्ग प्रशस्त गर्न निर्देशन गरेका थिए । प्रदेशमा देखिएको समस्या समाधानका लागि मुख्यमन्त्री लामालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन गरेको बताइएको छ । सभापति देउवाले पार्टी भित्रको कुरालाई धेरै नलम्ब्याउन निर्देशन गरेको श्रोतको भनाइ छ ।
श्रोतका अनुसार छलफलका क्रममा मुख्यमन्त्री लामालाई लोकतान्त्रिक विधिबाट आएको परिणामलाई स्वीकार गरेर जान सभापति देउवाको सुझाव रहेको थियो । सभापति देउवाको निर्देशन पछि मुख्यमन्त्री लामाले आफ्नो टिमसँगको छलफलपछि मात्रै राजीनामा दिने कि नदिने भन्ने निर्णय गर्ने बताएका थिए ।










प्रतिक्रिया दिनुहोस्