राजनीति

मेरो त भ्रष्टाचारको केस नै होइन: माधव नेपाल



विराटनगर, १६ साउन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिशोध साँध्न आफूलाई मुद्दा लगाइएको दाबी गरेका छन् ।

आज विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले आफूलाई लगाइएको आरोप भ्रष्टाचारको विषय नै नभएको बताए ।

‘‘मेरो त भ्रष्टाचारको केस नै होइन, मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको हो । जसमा नेपाल सरकारलाई एक पैसा पनि नोक्सान भएको छैन,’’ उनले भने ।

यो प्रकरण राजनीतिक पूर्वाग्रह र प्रतिशोध भएको दाबी उनको छ । उनले आफूले जिन्दगीमा एक पैसा पनि तलमाथि नगरेको दाबी गरे ।