ताप्लेजुङ, १७ साउन । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-४ आहालेमा आफ्नै दाजुले भाइको हत्या गरेका छन् ।
२२ वर्षीय मनकुमार विश्वकर्माले २० वर्षीय भाइ रोशन विश्वकर्माको हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादको क्रममा दाजुले भाइलाई खुकुरी प्रहार गरेका थिए ।
उनले प्रहार गरेको खुकुरी भाइको पेटमा लागेपछि घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी निरीक्षक ओमप्रकाश पण्डितको नेतृत्वमा गएको टोलीले अभियुक्त मनकुमारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । खुकुरीसहित पक्राउ परेका उनीमाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्