अर्थ

सेयर कारोबार गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य



काठमाडौँ, १७ साउन । सेयर कारोबार गर्न अब राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ ।

नेपाल स्टक एक्सचेन्जले कारोबार सदस्यहरू (धितोपत्र दलाल, आरटीएस, सीडीएस एन्ड क्लियरिङ हाउस) लाई परिपत्र गर्दै ग्राहक पहिचान (केवाईसी) फाराममा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्न निर्देशन दिएको हो । 

परिपत्रमा राष्ट्रिय परिचय पत्रका आधारमा ग्राहक पहिचान र सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्थाको कार्यान्वयन नेपाल धितो पत्र बोर्डबाट निर्देशन प्राप्त भएको भन्दै अबदेखि नयाँ कारोबार खाता खोल्दा नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर लिनु अनिवार्य गर्न भनेको छ ।