काठमाडौँ, १९ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कर्तव्य विनाको नागरिक अधिकार अराजकताको जग भएको दावी गर्नुभएको छ ।
अधिकार प्रयोग गर्दै गर्दा नागरिकले आफ्नो कर्तव्य भुल्नु नहुने उल्लेख गर्दै उहाँले मुलुकको समृद्धिको लागि कर्तव्य परायण जनता र जनताप्रति समर्पित राज्यको आवश्यकता रहेको औंल्याउनुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘कर्तव्य विनाको नागरिक अधिकार अराजकताको जग हो । समृद्धिका लागि कर्तव्य परायण जनता र जनताप्रति समर्पित राज्य आजको आवश्यकता हो ।’










प्रतिक्रिया दिनुहोस्