समाचार

४ जना जुवाडे पक्राउ



काठमाडौँ, २० साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित एक रिसोर्टमा जुवातास खेलेको आरोपमा चारजना समातिएका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार खरिपाटीस्थित बाँसबारी रिसोर्टमा जुवातास खेलेको आरोपमा मध्यपुर थिमी नगरपालिका–५ का ३७ वर्षीय बाबुराजा प्रजापतिसहित चार जनालाई सोमबार दिउँसो पक्राउ परेका हुन् ।

उनीहरुबाट नगद १ लाख ५ हजार ९ सय ४० रूपैयाँ, डिजिटल तास खेलाउन प्रयोग हुने जस्तो देखिने मोबाइल आकारमा रहेको डिभाइस थान १, डिजिटल तास खेलाउने डिभाइसमा प्रयोग हुने डिजिटल तास १२ बुक र मोबाइल ६ थान बरामद भएको छ । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल