काठमाडौँ, २२ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रत्येक दिन कर्मचारी सरुवा गर्ने प्रवृत्ति अन्त्य गर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपालद्वारा बुधबार मन्त्री न्यौपानेलाई बधाई तथा शुभकामना आदानप्रदान गर्नेक्रममा उहाँले प्रत्येक दिन र प्रत्येक महिना कर्मचारी सरुवाले प्रशासनिक सङ्घीयता अस्थिर भएको भन्दै अब आफूले प्रत्येक दिन हुँदै आएको कर्मचारी सरुवा गर्ने प्रवृत्ति अन्त्य गर्ने स्पष्ट पार्नुभयो । कर्मचारी सरुवा प्रणाली व्यवस्थित गर्न आफूले कर्मचारी सरुवा मापदण्ड निर्माण अन्तिम चरणमा पु¥याएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मन्त्री, सचिव र सहसचिवलाई भनसुन गरेर कर्मचारी सरुवा हुन्छ भन्ने मानसिकता अन्त्य गर्नु पर्छ । अब कर्मचारी सरुवा विधि र प्रक्रियाबाट मात्र हुन्छ ।”
मन्त्रालयमा सङ्घीयताको काम कमजोर भएको स्वीकार गर्दै उहाँले सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय गर्दै सङ्घीयता सबल बनाउने गरी कार्यदल निर्माण गरेर काम गर्न सुरु भइसकेको उहाँको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्