काठमाडौँ, २३ साउन । विश्वका प्रमुख उदीयमान अर्थतन्त्रहरूको ब्रिक्स समूहको शिखर सम्मेलन हुने भएको छ । ब्रिक्स विश्व शक्ति सन्तुलनलाई पुन: आकार दिन केन्द्र बनेको छ । आईएमएफ र विश्व ब्याङ्कजस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको सुधार गर्ने उपायको खोजी गर्नु र उदीयमान अर्थतन्त्रहरूको “आवाज र प्रतिनिधित्व” सिर्जना गर्नु ब्रिक्सको उद्देश्य हो ।
जलवायु परिवर्तनसँग जुझ्ने, व्यापारको विस्तार, लगानीका अवसर र विकासशील देशमा नवप्रवर्तन र विश्वव्यापी शासन पद्धतिमा सुधार गरेर विकासशील देशहरूको भूमिका बढाउने जस्ता अन्य विषयहरूबारे पनि छलफल केन्द्रित हुने बताइएको छ ।
नेपालले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय कूटनीतिक क्षेत्र र विश्व मञ्चहरूमा उल्लेखनीय उपस्थिति जनाउँदै आएको छ । विशेषतः सन् २०२१ देखि IMBRICS Forum अन्तर्गत ब्रिक्स (BRICS) देशहरूमा आयोजना हुने उच्चस्तरीय कार्यक्रममा नेपालले निरन्तर सहभागिता जनाउँदै आएको छ, जुन राष्ट्रको गौरव, प्रतिष्ठा र सक्रिय कूटनीतिक यात्राको प्रतिक बनेको छ ।
यस अन्तर्राष्ट्रिय मञ्चमा नेपालबाट युवासंघका प्रतिनिधि, राजनीतिक नेतृत्व, नगरपालिका प्रमुखहरू, सामाजिक अभियन्ता तथा विविध पेशागत क्षेत्रमा संलग्न प्रभावशाली व्यक्तित्वहरूको सहभागिता हुँदै आएको छ । यस वर्ष पनि २०२५ अक्टोबर २९ देखि ३१ सम्म रूसको सेंट पिटर्सबर्गमा आयोजना हुने IMBRICS Forum मा नेपालको प्रतिनिधिमण्डल सहभागी हुँदैछ । यो टोलीले नेपालको झण्डा बोकेर अन्तर्राष्ट्रिय समुदायसँग सशक्त संवाद, सहकार्य र साझेदारीको नयाँ सम्भावनाहरू खोल्नेछ ।
यस सन्दर्भमा, नेपालका लागि IMBRICS सद्भावना दूत प्रदीप केसीले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “BRICS देशहरूमा आयोजना हुने विविध कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका प्रतिभाशाली र सक्रिय व्यक्तिहरूलाई प्रतिनिधिका रूपमा सहभागिता गराइनेछ । हामी केवल देशलाई प्रस्तुत गर्ने होइन, नेपाली युवालाई विश्व मञ्चमा स्थापित गर्ने यात्रामा छौं । नेपाल जस्तो उदाउँदो राष्ट्रका लागि यो सहभागिता केवल उपस्थितिको विषय होइन, यो हाम्रो देशको विचार, दृष्टिकोण र क्षमता प्रस्तुत गर्ने सुनौलो अवसर हो ।”
यस्तो सहभागिताले नेपालको वैदेशिक सम्बन्ध विस्तार गर्नुका साथै, अन्तर्राष्ट्रिय नेतृत्व विकास, युवा सशक्तिकरण, र कूटनीतिक पहिचान निर्माणमा दीर्घकालीन प्रभाव पार्नेछ । उहाँले भन्नुभयो, “विश्वकै पुरानो क्लब सान्तोष क्लबको निमन्त्रणामा ब्राजिल स्थित सान्तोष क्लबको भ्रमण तथा फुटबलको विषयमा क्लबका पदाधिकारीसंग भेट तथा नेपालको प्रधानमन्त्री के.पी शर्मा ओलीको सिग्नेचर सहितको केपी ओवली क्लबको जर्सी र थ्री स्टारको जर्सी हस्तारण गर्ने छौं । जसले नेपालको खेलक्षेत्रको प्रवर्धन तथा विकास होस ।”










प्रतिक्रिया दिनुहोस्