राजनीति

भारतको उत्तराखण्डमा गएको बाढीको क्षतिले मर्माहत बनायो : अध्यक्ष प्रचण्ड



काठमाडौँ, २३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको उत्तराखण्डमा गएको बाढीको क्षतिले मर्माहत बनाएको बताएका छन् । 

सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘मित्रराष्ट्र भारतको उत्तराखण्ड राज्यमा बाढीले निम्त्याएको जनधनको ठुलो क्षतिले मर्माहत बनाएको छ । बाढीमा १८ जना नेपाली नागरिकसहित दर्जनौँ भारतीय नागरिक बेपत्ता भएको यो दुःखद क्षणमा हामी भारत सरकार र भारतीय जनताको साथमा छौँ ।’