काठमाडौँ, २३ साउन । आज बिहान करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार स्थानीय शम्भुकुमार इसरको करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेको उनको घटनास्थलमै ज्यान गएको हो ।
४२ वर्षीय इसरको गाउँकै धान खेतमा लगाइएको विद्युत् मोटर खोल्ने क्रममा त्यहाँ रहेको नाङ्गो तारमा छुँदा करेन्ट लागेको थियो ।










प्रतिक्रिया दिनुहोस्