काठमाडौँ, २३ साउन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतकाे उत्तराखण्डको बाढीमा सम्पर्कविहीन नेपाली नागरिकको खोजी एवम् उद्धारका लागि कूटनीतिक पहल शुरू भइसकेको जानकारी दिएकी छन् ।
परराष्ट्रमन्त्री राणाले बाढीमा परेर जाजरकोट, धादिङ, बर्दिया र जुम्लाका नागरिक बेपत्ता भएको जानकारी आएलगत्तै उनीहरूको खोजी र उद्धारका लागि कूटनीतिक पहल शुरू भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।
हराएको भनिएका नेपाली नागरिकको खोजी तथा उद्धारका लागि भारत सरकारको समन्वयमा काम गर्न दिल्लीमा रहेको नेपाली राजदूतावासलाई निर्देशन दिएको उनले बताएकी हुन् ।
पराष्ट्रमन्त्री राणाले बाढी पहिरोमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलीसहित दुःख व्यक्त गरेकी छन् ।










प्रतिक्रिया दिनुहोस्