काठमाडौँ, २३ साउन । सर्लाहीमा भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बलरा नगरपालिका-११ की ५५ वर्षीया चन्दा देवी बैठाको मृत्यु भएको हो ।
वडा कार्यालय नजिक बीआर३०के ४६९४ भारतीय नम्बर प्लेटको मोटरसाइकलले शुक्रबार बैठालाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते उनलाई अचलगढ अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लग्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय जितेन्द्र ठाकुरसमेत घाइते भएर प्रादेशिक अस्पतालमा उपचार पश्चात् थप उपचारको लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्