काठमाडौँ, २५ साउन । आज देशभर, विशेष गरी काठमाडौँ उपत्यकामा, रङ्गिन झाँकी, व्यङ्ग्य, नाचगान र हास्यप्रद कार्यक्रमसहित गाईजात्रा पर्व मनाइँदै छ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म चल्ने यो सांस्कृतिक पर्व आजको दिन विशेष रौनकमा हुन्छ।
गाईजात्राको दिन, एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा, गाई वा मानिसलाई गाईको रूपमा सजाएर नगर परिक्रमा गराउने परम्परा छ। सहभागीलाई दूध, फलफूल, रोटी, चिउरा, दही लगायत अन्न र नगद दान गर्ने प्रचलन अझै जीवित छ। धार्मिक विश्वासअनुसार, यसरी नगर परिक्रमा गर्दा दिवङ्गत आत्माले वैतरणी पार गर्न सजिलो हुन्छ।
यो पर्वको सुरुवातको कथा राजा प्रताप मल्लसँग जोडिएको छ। पुत्र वियोगले शोकमा डुबेकी रानीलाई संसारमा सबैलाई दुःख भोग्नु पर्छ भन्ने देखाउन, उनले जनतालाई दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा निकाल्न आदेश दिए। पछि रानीलाई मुस्कान फर्काउन हास्यव्यङ्ग्य र प्रहसन पनि यस पर्वमा समावेश गरियो।
सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा छ ।










प्रतिक्रिया दिनुहोस्