काठमाडौँ, २६ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ स्थित मणिग्राममा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक युवाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार नवलपरासीको सुनवल घर भई हाल तिलोत्तमा नगरपालिका–१४ तीनधुरा भलवारी बस्ने २० वर्षीय खेम भुसाल रहेको मृत्यु भएको छ ।
बुटवलबाट भलवारीतर्फ जाँदै गरेको लु ४६ प ८२९१ नम्बरको मोटरसाइकल सोमबार बिहान मणिग्राममा आफै अनियन्त्रित भई पल्टिएको थियो । भुसाललाई उपचारको लागि क्रिमशन अस्पताल पुर्याइएकोमा तत्कालै मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्