काठमाडौँ, २९ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भूमि समस्या समाधान आयोगका केन्द्रीय उपाध्यक्ष तथा जिल्ला अध्यक्षले भेट गरी काम गर्दा भोगेका समस्याको समाधान गर्न तथा भूमि विधेयक छिटो पारित गराउन माग गरेका छन् ।
सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा बुधबार आयोगका तीन दर्जन जिल्लाका अध्यक्षले भेट गरेका थिए । उनीहरूले भूमिसम्बन्धी विधेयक नआउँदा भूमिहीन दलित र सुकुमवासीलाई जग्गा वितरणमा समस्या भएकाले छिटो पारित गराउनका लागि पहल गरिदिनुहुन उपप्रधानमन्त्री सिंहसँग आग्रह गरेका छन् । भूमि विधेयक अहिले संसद्मा छ ।
उपप्रधानमन्त्री सिंहले आयोगले भोगिरहेका समस्याबारे प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग छलफल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भौतिक सुविधा र मर्यादाक्रमको समस्याको विषय तथा वन र भूमि मन्त्रालयसँग आवश्यक समन्वयमा यहाँहरूले राखेको विषयमा गम्भीर छु ।” उहाँले प्राप्त जिम्मेवारीलाई राम्रो ढङ्गले अगाडि बढाउन आयोगलाई सुझाव दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्