काठमाडौँ, २९ साउन । उत्पादकत्व बढाउन गोरखा धार्चे गाउँपालिकाले किसानलाई नगद अनुदानको व्यवस्था गरेको छ । साथै पालिकाले उत्पादनका आधारमा गत आर्थिक वर्षमा रु चार लाख ६७ हजार ५०० अनुदान वितरण गरेको जनाएको छ ।
गाउँपालिकाका अनुसार उत्पादनका आधारमा व्यक्तिगत एवं समूहगत रूपमा किसानलाई अनुदान वितरण गरिएको हो । अन्न उत्पादन, नगदेबाली, पशुपालन एवं फलफूलखेती गर्नेलाई अनुदान उपलब्ध गराइएको हो ।
नगद अनुदान कार्यक्रमका लागि पाँच कृषि समूह, फलफूल तथा पशुपन्छी फार्म र १० जना किसानलाई प्रदान गरिएको हो ।










प्रतिक्रिया दिनुहोस्