राजनीति

प्रधानमन्त्री ओली चीन जाँदै



काठमाडौँ, २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली चीन जाने भएका छन् ।

सांघाई सहयोग संगठन (एससीओ)को २५औँ शिखर सम्मेलनमा सहभागी हुन उनी चीन जान लागेका हुन् । 

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी भइरहेको र उपयुक्त समयमा जानकारी गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सांघाई सहयोग संगठनको शिखर सम्मेलन आउँदो भदौ १५ र १६ गते चीनको तियानजिमा आयोजना गरिँदै छ । सम्मेलनमा संगठनका सदस्य राष्ट्रका सरकार प्रमुख सहभागी हुनेछन् ।

सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि चीन जाँदै छन् ।