Banner News

संसदमा भदौ ४ गते प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर



काठमाडौँ, २९ साउन । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ४ गते हुने भएको छ । 

आजको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले यसबारे जानकारी गराएका हुन् ।

उनले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ११ मा रहेका सदस्यहरूले मात्रै प्रश्न सोध्न पाउने बताए ।

प्रश्न सोध्न भदौ १ गते आइतबार दिउँसो १ बजेभित्र प्रतिनिधिसभाका सचिवसमक्ष आफ्नो प्रश्न लिखित रुपमा दिनसक्ने बताए ।