राजनीति

युक्रेनको सुरक्षा सुनिश्चित गर्न तयार छौँ: राष्ट्रपति पुटिन



काठमाडौँ, ३१ साउन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बैठकमा युक्रेनको सुरक्षाको सुनिश्चित गर्नु आवश्यक भएको बताएका छन्।

ट्रम्पसँगको झन्डै तीन घण्टाको वार्ता पछि आयोजित पत्रकार सम्मेलनमा छोटो प्रतिक्रिया दिँदै पुटिनले यस्तो बताएका हुन् ।  पुटिनले भने, “म ट्रम्पसँग पूर्णतया सहमत छु। युक्रेनको सुरक्षा सुनिश्चित गर्न हामी तयार छौँ ।”