समाचार

विषाक्त मदिरा सेवनबाट कुवेतमा १० नेपालीको मृत्यु



काठमाडौँ, ३१ साउन । कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार अन्य ३० देखि ३५ जना बिरामी छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार १६० जना विषाक्त मदिराका कारण बिरामी परेका थिए ।

जसमध्ये १० नेपालीसहित २३ जना एसियाली नागरिकको मृत्यु भएको हो । दूतावासका अनुसार ३५ जना नेपाली विषाक्त मदिरा सेवनपछि अस्पताल भर्ना भएका थिए । ती मध्ये केहीको मृत्यु भएको र केहीको अवस्था गम्भिर रहेको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।