समाचार

सभापोखरीका चारसय घरमा खानेपानीको पहुँच



सङ्खुवासभा, ३१ साउन । सभापोखरी गाउँपालिका–१ र २ वडाका ४०० घरधुरीमा ‘एक घर, एक धारा’ को पहुँच पुगेको छ । सभापोखरी गाउँपालिकाले दातृ निकायका सहयोगमा सञ्चालित परियोजना अन्तर्गत हालसम्म ७२८ घरधुरीमध्ये ४०० घरमा धारा जडान भइसकेको हो ।

त्यस्तै धुपुकै अर्का स्थानीय केदार अधिकारीले पहिले एक गाग्री पानी ल्याउन तीन घण्टा लाग्ने गरेको स्मरण गरे । उनले अहिले बिहान–बेलुकी घरमै पानी आउँदा समयको वचत भएको बताए । धुपुका तीन मुहानमा ट्याङ्की निर्माण गरी पाइपमार्फत पानी आपूर्ति गरिएको छ । प्रयोगकर्ताले मासिक ५० रुपैयाँ तीर्ने व्यवस्था गरिएको छ । यसबाट सञ्चालन र मर्मत खर्च व्यवस्थापन हुने जनाइएको छ ।

परियोजनाअन्तर्गत ६ विद्यालयसमेतमा ट्याङ्कीसहित धारा जडान गरेको छ । यसले विद्यार्थीलाई सरसफाइको अभ्यासमा पनि टेवा पुगेको छ । स्थानीयवासी सुनिता राईका अनुसार परियोजनापछि महिलाको श्रमभार घट्नुका साथै बालबालिकाको विद्यालय उपस्थिति पनि नियमित भएको छ । पहिले पानीको कारण विद्यालय छुटाउने विद्यार्थी अहिले समयमा पुग्ने गरेको उनले बताइन् ।