सुनसरी, ३१ साउन । सुनसरी कारागारको पर्खाल नाघेर भागेका एक जना फरार कैदी आज बिहान झापाको बिर्तामोडबाट पक्राउ परेका छन् ।
जबर्जस्ती करणी अभियोगमा सजाय भोगिरहेका खोटाङ दिप्रुङचुचुमा गाउँपालिका–२ का २८ वर्षीय रूपक पौडेललाई बिर्तामोड नगरपालिका–१० स्थित विराटपोखरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
पौडेल गत साउन २८ गते सुनसरी कारागारबाट भागेका थिए । पौडेललाई सुनसरी जिल्ला अदालतले जबर्जस्ती करणी कसुरमा १३ वर्ष कैद, रु पाँच लाख जरिवाना र रु ३० हजार क्षतिपूर्ति तिर्ने सजाय सुनाएको थियो ।










प्रतिक्रिया दिनुहोस्