काठमाडौँ, १ भदौ । सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनकाका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।
अहिले दुईव जेसीभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । उक्त ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको छ । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।










प्रतिक्रिया दिनुहोस्