समाचार

करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु 



काठमाडौँ, १ भदौ । सप्तरीमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदारको मृत्यु भएको हो ।

शनिबार ८ बजे आफ्नै खेतमा काम सकेर घर फर्कने क्रममा जंगली जानवरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले लगाएको बारमा करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।