काठमाडौँ, १ भदौ । काठमाडौँ महानगरपालिका–२६ स्थित गोङ्गबुको गेस्ट हाउसमा पत्नीको हत्या गरेर भगेका एक जना युवकलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ ।
प्रहरीका अनुसार काभ्रेको भुम्लु घर भएका सन्तोष सेन्चुरीलाई पर्सामा पक्राउ गरेर काठमाडौँ ल्याउँदैछ । ।
सेन्चुरीले साउन २७ मा गोङ्गबुको कञ्चन कोशी होटल एन्ड लजमा लगेर २७ वर्षीया पत्नी ललिता विकको हत्या गरेका थिए ।
बुढानीलकण्ठ नगरपालिका–२ मा बस्दै आएका उनले पत्नीलाई ‘घुम्न जाऊँ’ भनेर गेस्ट हाउसमा लगेर हत्या गरेपछि बक्स पलङमुनि लुकाएर हिँडेका थिए । घटना लुकाउन उनले साउन २८ मा प्रहरी वृत्त महाराजगन्जमा ‘मानिस हराएको हुलिया निवेदन’ दिएका थिए । तर, साउन ३० गते राति गेस्ट हाउसमा पत्नीको शव प्रहरीले भेटेको सूचना पाएपछि उनी भागेर पर्सा पुगेका हुन् ।










प्रतिक्रिया दिनुहोस्