राजनीति

राष्ट्रपति पौडेल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता



काठमाडौँ, १ भदौ । भारतीय विदेश सचिव विक्रम मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

आजै मात्रै काठमाडौँ आएका विदेश सचिव मिश्रीले राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए ।

सचिव मिश्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आएका हुन् ।

सोमबार पशुपतिनाथको दर्शन गरेर भारत फर्किने कार्यक्रम तय गरेका मिश्री आजै सबै महत्त्वपूर्ण भेटवार्ता गर्ने बताइएको छ ।