समाचार

१९ वर्षीय किशोर झुण्डिएको अवस्थामा मृत फेला



काठमाडौँ, ४ भदौ । काठमाडौँमा एक १९ वर्षीय किशोर झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । 

प्रहरीका अनुसार बौद्ध कुमारीगालमा १९ वर्षीय जोन श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेका हुन् । 

प्रहरी वृत्त बौद्वको टोली घटनास्थल पुगेको र उक्त घटनाको कारणबारे अनुसन्धान सुरु गरिरहेको छ ।