राजनीति

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर नहुने



काठमाडौँ, ४ भदौ । प्रतिनिधिसभामा आजका लागि तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर नहुने भएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन नसक्ने जानकारी गराएका थिए ।

यसअघि कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर राखिएको थियो ।