राजनीति

माओवादी पदाधिकारी बैठक स्थगित



काठमाडौँ, ४ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

पछिल्लो राजनीतिक अवस्था र संसदमा प्रभावकारी भूमिका खेल्नुपर्ने भएकाले बैठक अनिश्चितकालका लागि स्थगित भएको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

मंगलबार बसेको पदाधिकारी बैकठकले उपसभामुख इन्दिरा रानालाई हटाउन खोजेर सरकार अधिनायकवादी तथा निरङ्कुशतातर्फ अगाडि बढ्न खोजेको निष्कर्ष निकालेको थियो ।